प्रतिकात्मक तस्बीर
पोखरामा १९ सहित गण्डकी प्रदेशमा २२ नया संक्रमित थपिएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का पोखरामा १९ सहित गण्डकी प्रदेशमा २२ जना नया संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरामा थपिएका १९ जना मध्ये पोखरा महानगरपालिका वडा नम्बर २ का १, वडा नम्बर ४ का १, वडा नम्बर ५ का १, वडा नम्बर ६ का १, वडा नम्बर ७ का १, वडा नम्बर ९ का १, वडा नम्बर १० का १ जना रहेका छन् ।
त्यस्तै, पोखरा वडा नम्बर ११ का १, वडा नम्बर १२ का १ महिला र २ पुरुषसहित ३ जना, वडा नम्बर १४ का १, वडा नम्बर १७ का १ महिलासहित २ पुरुष, वडा नम्बर १९ का २, वडा नम्बर २६ र २७ १÷१ जना र वडा नम्बर ३२ का १ पुरुष संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का १ महिला र १ पुरुषसहित २ जना तथा वडा नम्बर ९ का १ महिलापनि संक्रमित भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







