लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकामा आज आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मध्यनेपाल ७ सीतीखोलाको कल्याणबेसीबाट बतासे चोक जाँदै गरेको ढुङ्गा बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सहित चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टिपर चालक धादिङको गजुरी गाउँपालिका ६ का विनोद घिमिरे, गोरखा नगरपालिका १२ का रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका ७ का ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् ।
ज्यान गुमाउनेमा चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







