महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा ४ दिनसम्म त्यहाँ विविध कार्यक्रम आयोजना गरिने भएको छ।
महारानीको ७ दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन्।
यसै साता वकिङघम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नेछिन्। वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले ७ दशकको परिवर्तन पछि पनि राजपरिवार बेलायतमा अझै सान्दर्भिक रहेको पुष्टि गर्नेछ। महारानीलाई हेर्न मध्यलण्डनमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ।
बेलायती नागरिकको त्यो उपस्थितिले राजतन्त्र मतपेटिकाबाट निर्वाचित नभएको पुष्टि गरे पनि सडकमा निस्किएका आफ्ना नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिबिम्बित गर्नेछ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







