वीरगञ्ज । आर्थिक वर्ष २०७९÷८० को बजेटमा करिब दुई दशकदेखि बन्द रहेको पर्सास्थित वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने योजना समावेश भएको छ ।
वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना समेत पुनः सञ्चालन गर्ने कार्यक्रम बजेटमा समेटिएको हो । बजेटमा ति दुबै उद्योगहरुलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने जनाईएको छ । पर्सा, बारा र रौतहटका झण्डै २० हजार किसान आश्रित रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक वितिसकेको ।
रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ सालदेखि सञ्चालनमा ल्याएको वीरगञ्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको थियो । चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औँजार कारखाना पनि दुइ दशकदेखि नै बन्द छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







