पोखरा । ने क पा (एमाले) गण्डकी प्रदेश कमिटीले आइतबार भएको जहाज दुर्घटनाप्रती दुस्ख ब्यक्त गरेको छ।
एमाले गण्डकी प्रदेश कमिटीले सोमबार एक शोक बिज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बिह्वल परिबारमा हार्दिक समबेदना प्रकट गरेको छ ।
अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तीमा हिजो बिहान ९.५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दल सहित सबार सम्पुर्ण यात्रुहरूको दु:खद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ।
बिज्ञप्तीमा यस्ता खाले हवाइ दुर्घटनाले नेपालको हवाइ क्षेत्रको सुरक्षा र बिश्वस्नियतामा चुनौती खडा गरेको भन्दै नेपाल सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउदछौं भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







