श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ।
हिजो (सोमबार) मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपीएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको संभावित साझेदारीका बिषयमा विचार विमर्श भएको थियो।
इपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ८ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैंया सहयोग प्रदान गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गरे।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनःएकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ।
उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भइ संचालन हुनेछ। कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत गएका छन्। उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो।
मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउँदै कोरिया सरकारसँग सहकार्यको लागि ईच्छुक रहेको उल्लेख गरे।
दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम संचालन गर्न गण्डकी, बागमती, लुम्विनमा पुर्वाधार निर्माण गर्नेछ।
नेपाल टेलिभिजनमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







