लिभरपुलका मोहमद सलाहले ‘पीएफए फ्यान्स प्लेयर अफ द इयर’ अवार्ड जितेका छन्।
इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने ‘प्लेयर अफ द इयर’ अवार्ड जितेका हुन् ।
२९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड हात पारेका हुन्।
सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए।
प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा उनले २३ गोल गरेका थिए।
सलाहले यस सिजन ‘गोल अफ द सिजन अवार्ड’ जितेका थिए। त्यस्तै, सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड समेत हात पारेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा…






