युक्रेनी सहर खेर्सनको सम्पूर्ण संचार विच्छेद


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित




रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण संचार माध्यम बन्द भएका छन्।

सहरको संपूर्ण संचार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष संचार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ।

‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल संचार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ। साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ।

२४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो संपूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रीत गरेको छ। दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रतर्फ अगाडी रुसी फौज बढिरहेको छ।

युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि अबद्ध भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन्। तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।