नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु–१९ महिला क्रिकेट टिमको बिदाई गरेको छ ।
क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ। नेपाली टोली आज (बुधबार) त्यसतर्फ प्रस्थान गर्दैछन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंह लगायतले खेलाडीलाई बिदाइ गरे।
छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी छन्।
नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, श्रीष्टि जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आश्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अन्जली बिक, अनु कडायत, सुष्मिता भुसाल ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







