कञ्चनपुर, १९ जेठ ९रासस०ः शुक्लाफाँटा नगरपालिका–९ नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आएका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।
केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि तीनवटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि पाँचवटा अटोजन नल्का, दुईवटा बोरिङ, चारवटा सौर्य बत्ती, तीनकोठे पक्की भवन निर्माण गरिएको छ । गाईगोरु राखिँदै आएको सामुदायिक वन क्षेत्रको चार किलोमिटर क्षेत्रमा काँडेर तार लगाइएको छ ।निर्माण भएका संरचनामा थोरैमात्रै गाईगोरुलाई राख्न सकिन्छ ।
धेरैलाई खुला आकाशमै राख्नुपर्छ । यस्तो अवस्थमामा अत्यधिक चिसो र वर्षात्का कारण गाईगोरुको ज्यानसमेत जाने गरेको उनको भनाइ थियो । गाईगोरुलाई सुरक्षितरूपमा राख्नका लागि भौतिक पूर्वाधारको पूर्णता नभएको वडाध्यक्ष ऐरले बताए ।केन्द्रमा राखिएका गाईगोरुलाई चरन क्षेत्रको समेत अभाव छ ।
बृन्दावन सामुदायिक वन क्षेत्र मात्रै गाईगोरुको चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अन्य सामुदायिक वनले चराउनका लागि अनुमति नदिँदा समस्या भएको छ ।गाईगोरु बिरामी हुदा पशु प्राविधिक बाह्य क्षेत्रबाट चर्को शुःल्क तिरेर ल्याउनुपर्ने अवस्था रहेकाले यस्तो समस्या समाधान गर्न केन्द्रमै पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा अध्यक्ष ऐरले जोड दिए ।
नगरपालिकाको कार्यालयलाई यसबारे पटक–पटक लिखित र मौखिकरूपमा जानकारी गराउँदासमेत बेवास्ता हँुदै आएको उनले उल्लेख गरे । उपचारकै अभावमा कतिपय गाईगोरुको मृत्युसमेत हुँदै आएको छ ।केन्द्रमा व्यवस्थापन गरिएका गाईको नश्ल सुधार गरी उन्नत प्रकारका बाछाबाछी उत्पादन गरी बिक्री गर्ने योजनासमेत छ ।
नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्ने कार्यलाई अगाडि बढाइएको छ । कृषिमा प्रयोग हँुदै आएको रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्राङगारिक मल उत्पादन गरी सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष ऐरले बताए ।
केन्द्रमा ठूलो क्षमताको गोबरग्यास प्लान्ट निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।बजेट अभावले गाईगोरुका लागि घाँस खेतीलाई अगाडि बढाउन नसकिएको गुनासो गर्दै उनले आउँदो आवदेखि जग्गा लिजमा लिएर भए पनि घाँसखेती गरिने बताए । नगरपालिकाले गाईगोरु व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गर्दै आएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







