साङ्केतिक तस्विर
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ।आतङ्ककारीहरूले जिल्लाको दत्तखेल नगर क्षेत्रमा रहेको सैनिक चौकी माथि गोली चलाएका थिए ।
सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेटिले जनाएअनुसार आक्रमण हुना साथ सैनिकहरूले तुरुन्त प्रतिक्रिया जनाएका थिए।
गोली हानहानका क्रममा २८ वर्षीय सैनिक जवानको मृत्यु भएको थियो । पाकिस्तानमा पछिल्लो समयमा आतङ्कवाद विरुद्ध सेनाले तीव्र र कठोर कारबाही चलाउँदै आएको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







