भाईटीकाको दिन पोखरामा कोरोनाले १ को मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित




नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीकाको दिन पोखरामा १ जनाको कोरोनाले मृत्यू भएको छ । भाईटीकाको दिन सोमबार पोखरा महानरपालिका वडा नम्ब १५ का ७० वर्षिय बृद्ध पुरुषको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको विहान ५ बजेर २२ मिनेटमा मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका उनमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।