युद्धमा कोही विजेता हुँदैन; संयुक्त राष्ट्रसंघ


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित




संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस(युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो ।

जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।
ूयस युद्धको कुनै विजेता छैन र हुनेछैन।

बरु, हामीले १०० दिनसम्म के(के गुमाएको देख्यौं जीवन, घर, रोजगारी र सम्भावनाहरू,अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।