पोखरा । गोशली हाउस पोखराले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहतको पश्चिमान्चल क्षेत्रीय अस्पताल परिसरमा चार वटा यात्रु प्रतिक्षालय हस्तान्तरण गरेको छ । हाउसका संचालक तथा शान्ति तथा कल्याणकारी गुठीका अध्यक्ष शुशिलकुमार गोशलीले बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लायन्स पार्कमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उप कुलपति प्रा.डा.डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष गोशलीले गोशली हाउस तथा गुठीका तर्फबाट सहयोग गर्न पाएकोमा सन्तुष्टि ब्यक्त गरे । यो सानो सहयोग मात्र हो, गोशलीले भने ‘आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग निरन्तर जारी रहनेछ ।’
प्रतिष्ठानका उप कुलपति क्षेत्रीले गोशली हाउसको सहयोग प्रति हार्दिक आभार ब्यक्त गरे । हामी प्रतिष्ठानलाई बिश्वसनिय उपचार केन्द्र र पूर्बाधारयुक्त बनाउन चाहन्छौं, क्षेत्रीले भने “यसकालागि यहांहरु सबैको सहयोगको हामीले अपेक्षा गरेका छौं । हामी थप उपचारकोलागि काठमाण्डौ जान नपर्ने गरि यस अस्पताललाई बिकास गर्न चाहन्छौ, डा.क्षेत्रीको भनाई थियो । पश्चिमान्चल क्षेत्रीय अस्पताल देशकै ठूलो र सबैभन्दा बढि जन समुदायले सेवा लिने अस्पताल रहेको उनको दाबी थियो ।
गुठीका उपाध्यक्ष तिर्थलाल श्रेष्ठले गोशली हाउसको करिब ५ लाखको लगानीमा सो प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए । श्रेष्ठ अस्पताल बिकास समितिका सदस्य पनि हुन् । उनकै समन्वयमा सो प्रतिक्षालय निर्माण गरिएको बताइन्छ ।
लायन्स क्लव अफ पोखराले पनि अस्पताल परिसरमा रहेको लायन्स पार्कमा करिब रु २ लाख खर्चिएर पार्क सरसफाई तथा रंगरोगन गरेको अध्यक्ष होमराज बास्तोलाले बताए ।
कार्यक्रममा उद्योगपति तथा बरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ, प्रतिष्ठानका डिन प्रा.डा.श्री कृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक प्रा.डा.भरत खत्री लगायतका ब्यक्तित्वहरुको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







