कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७९ मा प्रकाशित




कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ।

प्रहरीले बुधबार राति अवैध रुपमा कालीगण्डकी किनारबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका २ ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

यसअघि, बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुंगा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका ३ ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो।

पाँचवटै ट्रयाक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध १ त ४१७ र लु ४ त ८३६३ नंको ट्रयाक्टर नियन्त्रणमा लिएको हो।

‘अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ,’ बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने।

प्रहरीले बुधबार ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नंको ट्रयाक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ। ट्रयाक्टर चालकबाट पहिलोपटक ५ हजार, दोस्रो पटक १० हजार र तेस्रोपटकमा २० हजार रुपैयाँ जरिवाना असुल्ने कानुनी व्यवस्था छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।