मुस्ताङको लोमन्थाङ गाउँपालिकामा समेत आइतबार पनि खुल्ला


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७९ मा प्रकाशित




मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ।

नेपाल सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपनि पालिकाले भने जनताको सेवा दिन आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो।

कार्यपालिकाको निर्वाचन सकिएलगत्तै पहिलो बैठकबाट आइतबार समेत संपूर्ण सरकारी सेवा दिने निर्णय भएको गाउँपालिकाले जनाएको हो।

राज्यले विदा भनेपनि पालिकाले भने नागरिकको सेवालाई थप प्रभावकारी बनाउनेतर्फ अघि बढेको गाउँपालिकाले जनाएको छ। आइतबारको विदा कटौती गर्दै सेवा प्रवाह गरिने गाउँपालिकाले जानकारी गराएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।