हेलिकोप्टरमा २ पाइलट राख्न असम्भव : संघ


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७९ मा प्रकाशित




नेपाल वायुसेवा संचालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा २ पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो।

हेलिकोप्टरमा २ पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले ५ सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।

एक इन्जिन भएको हेलिकोप्टरमा २ पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा संचालक संघको धारणा छ।

हाल नेपालमा संचालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा २ इन्जिन भएका ५ हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन्। दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको संघले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।