तस्बीरः एजेन्सी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन आज (शनिबार) बिहान खुमलटार पुगेका हुन्खु
मलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिवालयले जनाएको छ। भेटमा बालेन्द्रले प्रचण्डलाई सहयोग गर्न आग्रह गरेका थिए।
जवाफमा प्रचण्डले बालेन्द्रलाई स्वतन्त्रबाट जितेर पनि सबैलाई मिलाएर सहकार्य गर्ने काम गरेको भन्दै आफूले पनि साथ दिने बताए।
‘पहिलेका मेयरहरू स्वतन्त्रबाट जितेपनि पार्टीलाई गाली गर्ने प्रणाली थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सह्रानिय छ हाम्रो साथ र सहयोग हुनेछ’ प्रचण्डको भनाई उदृत गर्दै सचिवालयले भनेको छ।
यसअघि, बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालाई भेटघाट गरिसकेका छन्।
मेयर शाहले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि धेरैभन्दा धेरै व्यक्तिसँग भेट गरेर छलफल गर्ने, सुझाव समेट्ने र सहकार्यका लागि पहल गरिरहेको बताउँदै आएका छन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







