पोखरा । लायन्स क्लव अफ पोखरा आरोग्यम्को आगामी वर्षको लागि अध्यक्षमा जयनारायण चापागाईं चयन भएका छन् ।
क्लवको शनिबार सम्पन्न बैठकले चापागाईंको अध्यक्षतामा लायन वर्ष २०२२/२३ का लागि नयाँ नेतृत्व चयन गरेको हो ।
क्लवको प्रथम उपाध्यक्षमा राजकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुरज गहतराज, तृतिय उपाध्यक्षमा किसोर इटानी पाण्डे , सचिवमा खेमप्रसाद सुवेदी चयन भएका छन् ।
यस्तै क्लवको क्लव एड्मिनिस्ट्रटरमा रमेश बहादुर लामिछाने ,कोषाध्यक्षमा भोला कुमार श्रेष्ठ, मेम्बरसिप चियरपर्सनमा जीवनधर शर्मा चापागाईं, सर्भिस चेयरपर्सनमा डाक्टर कृष्ण शर्मा, मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा किरण गुरुङ र एलसीआईएफको–अर्डिनेटरको कृष्ण बहादुर रानाले जिम्मेवारी पाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







