पोखरा विश्वविद्यालयद्धारा महिलालाई सूचना प्रविधि साक्षरता र सीप तालिम


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




kf]v/fsf] 9'+u]kf6gdf /x]sf] kf]v/f ljZjljBfnosf] s]Gb|Lo sfof{no . tl:a/ M bLks kl/of/÷sflGtk'/

पोखरा । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रविधिमैत्री मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, अटोमेटेड टेलर मेसिन (एटिएम) आदिबाट डिजिटल भुक्तानीलगायतका विषयमा तालिम दिइने उनले बताए ।

मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ–नयाँ आयामका बारेमा गृहिणीलाई ज्ञान र सीप दिइने जनाइएको छ । यसबाट उनीहरूले इन्टरनेटसम्बन्धी र छिटोछरितोरूपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नुका साथै देश विदेशमा रहेका श्रीमान्, छोराछोरी, नातागोता इष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बिल भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वविद्यलायले विश्वास लिएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा डा नमराज धामीले तालिममार्फत गृहिणीले नवीनतम् प्रविधिका धेरै विषयमा जानकारी हासिल गर्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।