पोखरा । गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम शुरु गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने बताए । नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।’ वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनकोसमेत आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्नेपनि जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







