गण्डकी प्रदेशमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले सरकारले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्दै स्थानिय तहसँगको साझेदारीमा प्रदेशका विद्यालयहरुमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ क्रमशः लागु गर्दै लैजाने जनाएको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने,‘स्थानिय तहसँगको साझेदारीमा विद्यार्थीको स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा स्वास्थ्य सम्बन्धी आनीबानीमा सुधार गर्न एक विद्यालय एक नर्स कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।