कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले पोखराको कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गर्ने भएको छ ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गर्ने कार्यक्रम समावेश गरेको हो ।

धामका लागि पोखरा महानगरपालिका र निजी क्षेत्रसँगको सकार्यमा धाम स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यस्तै ऐतिहासिक मानव बस्तीको रुपमा रहेको लमजुङको क्होलासोथारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।