फाइल तस्विर
पोखरा । गण्डकी प्रदेश सरकारले रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खुल्ला गर्ने नीति लिएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै सरकारले रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खुल्ला गर्ने नीति लिएको जनाएका हुन् ।
जसका लागि संघ सरकारसँग समन्वय गरेर त्यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उनले बताए ।
यस्तै सरकारले आगामी ३ वर्षमा बाह्य पर्यटको संख्या, बसाई अवधी तथा खर्च दोब्बर बनाउन सक्नेगरी पर्यटकीय पूर्वाधार निर्माण गर्ने जनाएको छ । साथै सोहि अनुसारको प्रचारप्रसार तथा सेवा प्रवाहमा क्षमता सुधार गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







