बसमा चढेको यात्रुलाई गाडी नरोकी झर्न लगाउँदा तनहुँका १ जना घाईते भएका छन् । गुडिरहेको बस नरोकी यात्रुलाई झर्न लगाउँदा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का १६ वर्षिय सोनम थापा घाईते भएकी हुन् ।
गोरखाबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख. ४६७ नम्बरको बसले तनहुँको म्याग्देमा यात्रुलाई ओराल्नुपर्ने भएपनि रोक्दै नरोकी गुडिरहेको बसबाट झर्न लगाउँदा सोहि बसका यात्रु थापा घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घाईते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरामा ल्याइएको प्रहरीको वुलेटिनमा उल्लेख छ ।
घट्नालगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी…







