कास्कीको मादी गाउँपालिकामा आजदेखि सार्वजनिक सवारी सञ्चालन गर्न पाईने भएको छ । कोरोनाको जोखिम बढेपछि मागदीमा गत कात्तिक २६ गतेदेखि मंसीर २ गतेसम्म अत्यावश्यकबाहेक सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो । मादी गाउँपालिकाले मंसीर ३ गते बुधबारदेखि बन्द यातायात सञ्चालन खुल्ला गरिएको जनाएको छ ।
तर सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने कायम गर्नुपर्ने जनाइएको छ । मादीमा एम्वुलेन्स, खाद्यान्न र निर्माण सामग्रीका ढुवानीका साधनहरु, सरकारी गाडी, नीजि सवारी साधन भने सञ्चालन गर्न दिइएको थियो । उसो त मादीमा देउसी, भैलोलगायत खेल्नपनि रोक लगाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा…







