प्रतिकात्मक तस्बीर
कास्कीको मादीमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । मंगलबार ८ जना थपिएसँगै मादीमा कोरोना संक्रमितको संख्या ४८ पुगेको हो ।
मादीमा हाल २२ सकृय केस रहेका छन् । सकृय केस मध्ये १८ जना होम आईसोलेसनमा रहेका छन् । गाउँपालिकाको आईसोलेसनमा ४ जना रहेको मादी गाउँपालिका कार्यालयले जनाएको छ ।
मादीमा १२ वटा मध्ये ८ वटा वडामा सकृय संक्रमित रहेका छन् । मादी गाउँपालिका वडा नम्बर १, २, ५ र ९ नम्बरमा १÷१ जना संक्रमित रहेका छन् । वडा नम्बर ६, ७ र १२ मा २÷२ जना संक्रमित रहेका छन् भने वडा नम्बर १० मा १२ जना संक्रमित रहेको जनाइएको छ ।
संक्रमित मध्ये १३ पुरुष र ९ महिला रहेका छन् । तिम ध्ये २ बालबालिका, १ बृद्ध र ५ कर्मचारीसमेत रहेको उल्लेख छ ।
मादीमा कोरोनाबाट १ जनाको मृत्यू भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी…







