मोटरसाईकलमा आगजनी गरेको आरोपमा विरौटाका रानाभाट पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मोटरसाईकल आगजनी गरेको आरोपमा पोखरा विरौटाका १ जना पक्राउ परेका छन् । गत असोज २६ गते राती पौने १२ नयाबजारमा पार्किङ गरिराखेको मोटरसाईकलमा आगजनी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १७ का १९ वर्षिय दिवस रानाभाट पक्राउ परेका हुन् ।

आगजनी गरेर फरार रहेका उनलाई सिसी टिभी क्यामराको सहयोगमा पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तोष रोकाले जानकारी दिए ।

पक्राउ परेका रानाभाटले भने जानीबुझी मोटरसाईकलमा आगजनी नगरेको प्रारम्भिक वयान दिएका छन् । उनले आफू स्कुटरमा हिंडिरहँदा स्कुटरको तेल सकिएको र पेट्रोल खोज्ने क्रममा मोटरसाईकल देखेर तेल निकाल्न खोज्दा आफूले पिइरहेको चुरोटबाट आगो सल्केको प्रारम्भिक वयान दिएको डिएसपी रोकाले जानकारी दिए । यद्वपी यो अन्तिम वयान नभएकाले अहिले नै यकिन भन्न नसकिने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।