हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ।
उपाधिका लागि मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्।
यसअघि तेस्रो संस्करणमा पनि आर्मी विजेता र विजय युथ उपविजेता बनेको थियो।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडीले रोयल ‘इनफिल्ड’ बाइक प्राप्त गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







