नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । नवलपुर वर्दघाट सुस्ता पूर्वमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ४ झ्यालबासका ६० वर्षिय कोशबहादुर मल्ल (६०) को मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

खेतमा पानी लगाउने क्रममा बिजुलीको पोलमा रहेको तारमा छुन पुगेका मल्ललाई करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।