ड्याम साईड क्लवद्वारा सल्लाहकार चयन तथा छलफल


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७९ मा प्रकाशित




पोखरा । खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल पोखरा १७ मा रहेको ड्याम साईड क्लबले सल्लाहकार चयन तथा छलफल गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा अधिवक्ता केशवराज वराल, इञ्जिनियर किसान सिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनित गरेको हो ।

सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा क्लबले ड्याम साईड क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई निरन्तरता दिदैं महानगरपालिका र प्रदेश सरकारसंग मिलेर काम गर्ने आगामी योजना रहेको अध्यक्ष प्रताप गुरुङले वताए ।

क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बराल र कार्यक्रम संचालन महासचिव राकेश श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।