पोखरा । युवा उद्यमी मन्च पोखराका पूर्व अध्यक्ष तथा एभरेस्ट मिडिया हाउसका संचालक पुनित बैद्यले बुधवार फरक ढंगले जन्म दिन मनाएका छन् । संचार उद्यमी बैद्यले बिन्दवासिनी मन्दिरलाई आर्थिक सहयोग गरि जन्म दिन मनाएका हुन् । बिन्दवासिनी मन्दिर व्यवश्थापन समितिका सचिब तिर्थ श्रेष्ठका अनुसार बैद्यले मन्दिरको भौतिक पूर्बाधार बिकास, गुरुकुल, प्राकृतिक चिकित्सालय निर्माणकालागि रु ५ लाख ५ रुपैया सहयोग हस्तान्तरण गरेका छन् ।
पोखराका अग्रज फोटोग्राफी व्यबसायी तथा समाजसेवी बिनोद बैद्यका सुपुत्र युवा व्यबसायी बैद्यले जन्म दिनको अवसरमा सहयोग गर्न पाएकोमा प्रशन्नता ब्यक्त गरे । उनले यस पटक अघिल्ला पटक भन्दा फरक ढंगले सहयोग गर्न पांउदा आफूलाई खुसी लागेको बताए ।
पोखरेली युवाहरुको छाता संस्था युवा उद्यमी मन्च पोखराका बर्ष २०२०/२१ का अध्यक्ष बैद्य सन्चार,पर्यटन,रियल स्टेट,क्याटरिड. लगायतका व्यबसायमा आबद्द छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







