एक जना विद्यार्थीले मात्रै पढ्ने विद्यालय !


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर अर्घखाँचीको सन्धीखर्क नगरपालिका – ३ को दुर्गा आधारभुत विद्यालयमा एक जनामात्रै विद्यार्थी रहेका छन् । सो विद्यालयमा अढाई वर्षिया सिमरन सोमै छन् ।

सो विद्यालयमा चालु शैक्षिक सत्रमा सोमैसंगै अरु विद्यार्थी २ जना विद्यार्थी आएपनि उनीहरुका अभिभावकले निजी विद्यालय लगेपछि सिमरन एक्लै भएकी हुन् । सो विद्यालयमा कक्षा १ देखि २ कक्षासम्म कुनैपनि विद्यार्थी नभएको विद्यालयले जनाएको छ ।

५५ जना विद्यार्थी भर्नाबाट २०४५ सालमा स्थापना भएको विद्यालयमा केही वर्षअघिसम्म करिव दुई सय जनासम्म विद्यार्थी पुगेकोमा अभिभावकहरुमा देखिएको अंग्रेजी मोहले बालबालिका अंग्रेजी माध्यमका विद्यालयतिर लैजान थालेपछि विद्यार्थी क्रमशः घट्दै गएको विद्यालयका प्रधानाध्यापक हरिबहादुर खड्काले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।