sf7df8f}F,@# h]7 M ;+3Lo ;+;b ejg gofF jfg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw ;efsf] a}+7sdf wf/0f /fVb} sfg'g,Gofo tyf ;+;bLo dfldnf dGqL uf]ljGbk|;fb zdf{ sf]O/fnf . t:jL/ M rGb|snf If]qL,/f;;
काठमाण्डौं । नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालले बताएका छन् ।
बुधबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालले यसलाई पुनरावलोकनाका लागि गृहकार्य थालिसकेको बताए । २० वर्ष पुगेपछिमात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको भन्दै उनले यस्लाई पुनरावलोकनको गृहकार्य थालेको बताएका हुन् ।
उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजायँ भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







