आगलागी हुँदा आठको मृत्यु


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिaसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।