पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट छुट्टियो


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका हुन् ।

त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उल्लेख गरे । तर बजेट कति हो भन्नेबारे बजेटमा केहिपनि उल्लेख छैन ।

त्यस्तै, गण्डकी सरकारले प्रदेश भित्रका प्रमुख तालहरुको कनेक्सन ट्रायलको विकास गर्ने जनाएको छ । यो काम स्थानिय तहहरुको समन्वयमा गरिने र त्यसका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्री बरालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।