नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय विघटन गर्न प्रस्ताव गरेका छन् । पार्टी विवाद एकपछि अर्को गर्दै बढ्दै जाँदापनि सचिवालय पार्टी समस्याको समाधान खोज्न असफल भएको भन्दै उनले सचिवालय नै विघटनको प्रस्ताव गरेको श्रोतको दाबी छ ।
बैठकमा आक्रोसित रुपमा प्रस्तुत भएका पौडेलले पार्टी संकटमाथि संकटमा फस्दै गएको बताएका थिए । उनले सचिवालयका सबै सदस्यले सामुहिक राजिनामा दिएर निकास दिउँ भन्दै प्रस्ताव गरेका थिए । उनले पुरानाले राजिनामा दिएपछि पार्टी नेतृत्वमा युवा पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजानुपर्ने बताएका थिए ।
महासचिव पौडेलले नेकपा भित्रको विवादले पार्टी मात्र नभई देशै बर्बादीतर्फ धकेलिएको उनले बताएको श्रोतको भनाई छ ।
यसैबीच, नेकपाका एक नेताले विष्णु पौडेलको प्रस्ताव ओलीलाई सहयोग गर्ने हिसाबले आएको टिप्पणी गरेका छन् । नाम नबताउने शर्तमा प्रचण्ड–माधव समूहका ती नेताले भने,‘ओलीलाई संकटबाट निकाल्न फालिएको तुरुप मात्र हो यो ।’ उनले विधि र पद्धती नमान्ने हो भने पुराना र नया पुस्ता भनेर गठन र विघटन गर्नुको कुनै तुक नहुने उनको तर्क छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







