विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




आइसीसी पुरुष विश्वकप लिग : २ क्रिकेटमा नेपालले अमेरिकासँग खेल हारेको छ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आज ९बिहीबार० बिहान सकिएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको हो।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४७ ओभर ४ बलमा २ सय ६ रनमा समेटियो। आरिफ शेख र सोमपाल कामीले कमजोर बनेको नेपालको इनिङसलाई उकासेका थिए । छैटौं विकेटका लागि आरिफ र सोमपालले शतकीय साझेदारी गरे।

माथिल्लो क्रम सस्तोमै पेभेलियन फर्कदा नेपाल ९३–५ को कमजोर अवस्थामा पुगेको थियो। आरिफले सर्बाधिक ६३ र सोमपालले ४७ रनको योगदान गरे। देव खनालले ३४, आसिफ शेखले १८ र रोहितकुमार पौडेलले १६ रन बनाए। कुशल भुर्तेल १० र दिपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले समान ३ तथा नोसथुस किन्जीगे र निसर्ग पटेलले एक एक विकेट लिए। देव खनाल र सोमपाल कामी रनआउट भएका थिए ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रनको योगफल तयार पारेको थियो। गजानन्द सिंहले सर्बाधिक ५८ रन बनाएको अमेरिकाको ईनिङसमा सुशान्त मोदानीले ५४, आरोन जोनेसले ४३ र सैतेजा मुक्कामालाले ३६ रन बनाए।

निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसन १६ रनमा अबिजित रहे । नेपालका करण केसीले ३, सन्दिप लामिछानेले २ तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १/१ विकेट लिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।