नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तर्राष्ट्रिय वरीयतामा अलराउन्डरतर्फ नवौँ स्थानमा उक्लिएका छन्।
यसअघि, दशौँ स्थानमा रहेका दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा उक्लिएका हुन्। दीपेन्द्र एक सय ५२ रेटिङ अंकका साथ नवौँ स्थानमा उक्लिएका हुन्।
यस्तै, टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ब्याटिङमा कुशल भुर्तेल पनि १ स्थान सुधार गर्दै ३९ स्थानमा उक्लिएका छन्। टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ सन्दीप लामिछाने ३९ औँ स्थानमा यथावत् छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ब्याटिङमा रोहितकुमार पौडेल १ स्थान सुधार गर्दै ८२ औँ स्थानमा उक्लिएका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा बलिङमा सन्दीप लामिछाने १ स्थान सुधार गर्दै ४३ औँ स्थानमा उक्लिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







