मंसिर ३ ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मिक्वाखोला गाउँपालिका १, खोक्लिङको सल्लेरीमा लु.४त ६५४८ नम्बरको ट्र्याक्टर दुर्घटनामा सोही स्थानका २३ वर्षीय दले गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गुरुङ सो ट्र्याक्टरका सहचालक रहेको जनाइएको छ ।
ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ गइरहेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो ।
ट्र्याक्टरमा सवार वर्ष ५ का किर्जम थापा घाइते भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







