कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाकै उद्धार


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित




कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाको उद्धार

कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाकै उद्धार गरेको छ।

पाल्पाको पर्यटकीयस्थल रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाको उद्धार गरिएको हो।
¥याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन्। उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको हो।

पाल्पाको अस्थायी प्रहरी चौकी रानीमहलको टोलीले उद्धार गरेको हो। डुंगा पुलको पिलरमा ठोक्किएर पल्टिएको बताइएको छ। उनीहरु सबैको स्वासथ्य अवस्था मध्यम रहेको जनाइएको छ। ¥याफ्टिङ गर्नेहरू १ जना भैरहवा र बाँकी भारतको गोरखपुरका रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।