रामपुर। पाल्पाको रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना गरिएको छ । लालपुर्जा वितरण तथा भूमिहीनहरुको लगत अध्यावधिकका लागि कार्यालय स्थापना गरिएको हो ।राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले केन्द्रको स्थापना गर्नुहुँदै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरी केन्द्र स्थापना गरिएको बताए ।लालपुर्जा वितरण गर्ने कार्यक्रम असारभित्रैबाट सुरु गरिने उनले बताए ।
यसअघिका आयोगका निर्णय र स्थानीय सरकारको निर्णयानुसार नै आयोग अघि बढ्ने बताउदै पुर्जा वितरण कार्य रामपुरबाट थालनी गर्ने अध्यक्ष निरौला बताउछन् ।यसअघि चार पटकसम्म भूमिहीन लगत माग भएर छानबिन सकिसकेका ७८३ भूमिहीनलाई पहिलो चरणमा लालपुर्जा दिइनेछ ।
तत्कालीन गाविस, स्कुल, क्याम्पसले बिक्री गरेका रसिदको भरमा भोगचलन गर्दै वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरजग्गाको लालपुर्जा वितरणका सम्बन्धमा निर्वाचनका बेला चुनावी एजेन्डा बनेका छन् ।लगत सङ्कलन र जग्गाधनी पुर्जाविहीन नागरिकको अवस्था मूल्याङ्कन भइसकेकाले आयोगको टोलीले प्रक्रिया अपनाउँदै लालपुर्जा वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताए ।
राष्ट्रिय भूमि आयोग आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले पहिलेको आयोग र समितिले गरेर अन्तिम चरणमा पु¥याएको फाइलको समितिको टोलीले अध्ययन गरिरहेको बताए । टोलीले लालपुर्जा वितरणका लागि खोलिएको सेवा केन्द्रको कार्यालयमा रही भूमिहीनहरुको लगत अद्यावधिक गर्ने उनी बताउछन् । रामपुर नगरपालिका–५ को वडा कार्यालयको तल्लो तलामा केन्द्र स्थापना गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







