घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित





तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो ।

कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई वितरण गरिएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।छोटो समयमा धेरै घाँस उत्पादन हुने र एक वर्षमा पाँच पटकसम्म घाँस काट्न सकिने हुँदा किम्बु घाँस प्रभावकारी रहेको उनले बताए ।

कार्यालयले नेपियर, स्मार्ट नेपियर, बदामे, नेपियर सिओ ३ र ४ लगायतका घाँसका बिरुवा निःशुल्क प्रदान गर्दै आएको सो कार्यालयले जनाएको छ । किम्बुका बिरुवा समूहमा दुई हजार पाँच सयका दरले र व्यक्तिलाई १०० देखि १५० का दरले प्रदान गरिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।