पोखरामा करेन्ट लागेर एकको मृत्यु


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । विद्युत मर्मत गर्ने क्रममा पोखरामा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युत मर्मतका लागि बिजुलीको खम्बामा चढेका पोखरा १४ मझेरीपाटनका भक्त बहादुर पोखरेल (४७) को करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शुक्रबार बिहान ८ बजे मर्मंतका लागि खम्बामा चढेका पोखरेल करेन्ट लागेर खसेर घाइते भएका थिइ । उनलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।