टिचिङ अस्पतालमा स्वास्थ्य बिमा रोकियो


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोकेको छ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो।

बीमितको सेवा बापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो।

१५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट संचालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।