वर्खे पानीले निकास नपाउँदा पोखरा-३ तेर्सापट्टीमा सडक भासियो


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा सडक भासिएको छ। वर्खे पानीको भेलले निकास नपाउँदा तेर्सापट्टीस्थित कीर्ति आयुर्वेद भवन अगाडिको सडक भासिएको हो।

सडक भासिएर करीब २ मिटरको भ्वाङ परेको छ। पानीको निकास नखोज्ने हो भने त्यहिँ वरिपरी थप ३/४ वटा भ्वाङ पर्ने खतरा देखिएको छ। तेर्सापट्टीमा अहिले ढल निर्माणको काम भइरहेको छ।

हिउँदमा गर्नुपर्ने ढल निर्माणको काम वर्खायाममा गर्नु, निर्माणको काम सक्न लामो समय लाग्नु तथा ढलको पानीको निकास नदीई सडकमै छाडिदिदा सडकमा भ्वाङ परेको स्थानिय भास्करध्वज श्रेष्ठले बताए।

उनले चाडो भन्दा चाँडो पानीलाई निकास दिन, भ्वाङ परेको सडक बनाउन आग्रह गरे।. सडक भासिएसँगै आवतजावत बन्द गरिएको छ। जसका कारण महेन्द्रपुलबाट तेर्सापट्टीहुँदै बगर निस्किने बस तथा अन्य सवारी साधनलाई डाइभर्सन गरेर पालिखेचोकहुँदै नदीपुरतर्फ पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।