पोखरामा स्विमिङ पुलमा डुबेर किशोरको मृत्यू


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यू भएको छ । पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

गर्मी छल्न किशोर आमा र भाईसँग स्विमिङ पुल गएका थिए । त्यहाँ स्विमिङ गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका उनी एक्कासी स्विमिङ पुल भित्र खसेर डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । आमाको ध्यान साना बालकतिर गएकाले किशोर डुबेको केहि समयपछि मात्रै उनले थाहा पाएकी थिईन् । जसका कारण केहि ढिलो गरेर मात्र उनको उद्धार भएको प्रत्यक्षदर्शीको भनाई छ । उद्धार लगत्तै उनलाई पेट थिचेर पानी छदाएको र उपचारका लागि पोखरा–४ गैह्रापाटनस्थित फिस्टेल हस्पिटल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

मृतक किशोरले लाईफ ज्याकेट नलगाएको बुझिएको छ । स्विमिङ पुलका लाईफ गार्ड (प्रशिक्षक) भएपनि उनी स्विमिङ कस्ट्यूम नलगाई बसेको र उनले घटना घटेको केहि समयपछि मात्रै थाहा पाउँदा उद्धारमा ढिलाई भएको स्थानियले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।