रुकुम(पूर्व) । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका -१ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ । बर्खाको समय सुरु भएका बेला वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने चटारो छ ।
बर्खाको बेला गहुँ बाली भित्र्याउन कुरा सुन्दा अनौठो लागेपनि वडाबासीले वर्षेनी असारको महिनामा गहुँ भित्र्याउने गरेको वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिए । उनकाअनुसार जेठको अन्तिम सातादेखि वडाबासीहरु गहुँ काट्ने र ओत लाग्ने ठाउँमा ओसार्ने काममा व्यस्त छन् ।
मङ्सिरको महिनामा छरेको गहुँ त्यहाँ सधै असारमा पाक्छ । वर्षा छिटै सुरु भएको बेलामा त्यहाँको गहुँ खेतमै कुहिएर काम नलाग्ने हुन्छ भने वर्षा ढिला सुरु भएका बेलामा बाली भित्र्याएर अर्को बाली लगाउन तीन÷छ महिना पछि धकेल्ने गरेको वडाध्यक्ष बुढाको भनाइ थियो । यस क्षेत्रमा वर्षभरमा एक बाली मात्र अन्न उत्पादन हुँदै आएको छ ।
सिस्ने (१ का खेतबारीमा मकैपछि गहुँ लगाउने अवसर कहिल्यै मिल्दैन । एक बाली पाक्न लगभग ८÷९ महिना नै लाग्ने गरेको स्थानीयवासीले बताए । वडाध्यक्ष बुढाकाअनुसार अहिले गहुँ लगाइएको बारीमा सिमी वा तोरी छर्नुपर्छ । कि त जग्गा बाँझो राख्नुपर्छ । सोही जग्गामा अर्को वर्ष मकै रोप्न सकिन्छ ।
अहिले मकै रोपेको जग्गामा अर्को वर्षमात्र गहुँ लगाउन सकिन्छ । यस वडामा वैशाखमा रोपेको मकै कात्तिकमा र मङ्सिरमा रोपेको गहुँ असारमा पाक्ने स्थानीयवासी हिउँसरी बुढाले बताए । सिस्ने -१ चिसो ठाउँ भएकाले पनि अन्य ठाउँको जस्तो एक वर्षमा दुई बाली उत्पादन नहुने गरेको उनको भनाइ थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







