नेपालको एक दिवसीय मान्यता एक वर्ष लम्बियो


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रका रुपमा

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार बेहोरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।