म्याग्दीको जिससमा एमाले विजयी


     एभरेस्ट आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित




जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले)का राजकुमार थापा निर्वाचित भएका छन्।

बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको निर्वाचनमा थापा विजयी भएका हुन्।

उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिएका छन्। अन्य ७ सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए।

यसअघि नै सदस्यमा कृष्णदत्त पौडेल उपाध्याय, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध भएका थिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।